काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नयाँ अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले बेपत्ता पारिएका नागरिकको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।