संगालोखबर सम्वाददाता

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बिहीबार आमहड्ताल गर्ने घोषणा गरेको छ । सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा प्रचण्ड–माधव पक्षले आमहड्तालको आव्हान गरेको हो ।

Advertisement

आन्दोलनका कार्यक्रम सम्बन्धि जानकारी दिन प्रचण्ड नेपाल समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन आयोजना गरेको थियो । आमहड्तालमा यातायात, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुनेछन् ।

तर एम्बुलेन्स, अस्पताल, पानी, दूध, औषधि लगायतका अत्यावश्यक सेवाहरु सुचारु रहनेछन् । त्यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!