संगालोखबर सम्वाददाता

विराटनगर । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने कार्य संविधान समाप्त पार्ने खेल भएको बताएका छन् । मंगलबार जनता समाजवादी पार्टीद्धारा विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

महतोले नेकपाको ओली सरकारलाई पाँच बर्ष चलाउन जनताले मेन्डेट दिए पनि ओलीले सनकको भरमा संसद विघटन गरेको बताए । उनले ओलीको कदम संबैधानिक मूल्य, मान्यतामाथिको आक्रमण भएको भन्दै ओलीको कदम एक प्रकारले संबैधानिक व्यवस्थामाथि आतंककारी हमला भएको टिप्पणीसमेत गरे ।

प्रधानमन्त्री ओलीको कदम महाप्रतिगामी भएकाले आन्दोलनको बलमा ओलीको प्रतिगमनको कार्य सच्याउन दलहरु आन्दोलनमा जानुपरेको उनले जिकिर गरे ।

नेता महतोले अहिलेको संविधान नेताहरुको स्वार्थका निमित्त मात्र लेखन गरिएकाले अब जनताको भावना र पूर्ण अधिकारसहित संविधान पुर्नलेखन आवश्यक रहेको बिषयमा जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!