संगालोखबर सम्वाददाता

विराटनगर । सुनसरीका केही युवा र जनप्रतिनिधिहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता हुनुपर्ने भन्दै गाउँमा अभियान सुरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेपछि अहिले पार्टीभित्र ओली र प्रचण्ड–माधव समूह विभाजित भएका छन् ।

Advertisement

पार्टी एकता हुनपर्ने पक्षमा रहेका नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई समर्थन गर्दै सुनसरीका केही युवा र जनप्रतिनिधिहरुले पार्टी एकताको पक्षमा अभियान थालेका हुन् । नेकपा पार्टी एकता हुनुपर्ने भन्दै धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेयाङ्वो, इनरुवा नगरपालिका–३ का वडाध्यक्ष कालुराम गुरुङ, धरान उपमहानगरपालिका ७ का वडाध्यक्ष जीवन सुवेदी, इनरुवाका जिल्ला नेता इन्द्र पोखरेल, धरानका अगुवा कार्यकर्ता डम्बर गुरुङ, गणेश गुरागाई, हिमाल सुवेदी लगायत लागिपरेका छन् ।

पार्टी एकता पक्षको अभियान बढ्दै गएको इनरुवा नगपालिका–३ का वडाध्यक्ष गुरुङले बताए । ‘पार्टी फुट्नु हुदैंन जुट्नु पर्छ भन्ने हाम्रो सन्देश हो, उनले भने, ‘पार्टी एकताको पक्षमा हामी अभियान चलाउँछौं ।’ पार्टी एकताको अभियानले गठन गरेको ६ सय ५१ सदस्यीय केन्द्रीय अभियान समूहमा सुनसरीबाट गुरुङ र पोखरेलसहित सात जना चयन भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!