काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको सो समूहले माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।
सो समूहको संघर्ष समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
माघ १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जली दिने, २२ गते काठमाडौंमा युवा र्याली निकाल्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।