काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली र प्रचण्ड–नेपाल दुवै पक्षका छुट्टाछुट्टै निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । आयोगको आइतबार बसेको बैठकले दुबै समूहको दाबी नपुगेको निष्कर्षसहित दुवै समूहका छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने निर्णय गरेको हो ।
यसअघि आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्याद दिएको थियो । दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत नदेखिएकाले दुवै समूहका निर्णयलाई मान्यता नदिइने निर्वाचन आयोगले जनाएको छ ।
नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि प्रचण्ड–नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो भने ओली समूहले केन्द्रीय सदस्य थप गरेको थियो ।