रासस
सांकेतिक तस्वीर

सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

मिश्रलाई कविलासी नगरपालिका–१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए । ‘उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ। आवश्यक अनुसन्धान जारी छ‘ उनले भने ।

भारतसँग खुला सिमाना रहेको प्रदेश नम्बर २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!