Rabin Katel

विराटनगर । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले कृषि व्यवसायिकरणका लागि सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारको राज्यमन्त्रीका रुपमा कार्यभार सम्हालेको एक वर्ष पुरा भएको अवसरमा वर्षभरि सम्पादन गरिएका प्रमुख कामको जानकारी दिन आयोेजित कार्यक्रममा बोल्दै राज्यमन्त्री मगरले यस्तो बताएका हुन् ।

Advertisement

उनले कृषिको व्यवसायीकरणमा सहकारीको महत्वपूर्ण भूमिका रहेको जिकिर गरे । एक्लाएक्लै र साना फर्महरुबाट मात्रै कृषिलाई व्यवसायिकरण गर्न सम्भव नहुने उनले स्पष्ट पारे । मन्त्री मगरले मन्त्रालयबाट वितरण गरिने अनुदान अपारदर्शी भएको गुनासो बढेका बेला आफुले कार्यभार सम्हालेपछि यसलाई पारदर्शी र व्यवस्थित बनाएको दावी गरे ।

आर्थिक वर्ष २०७६÷७७ मा सम्झौता भएर पनि कोभिड १९ लगायत विभिन्न कारणले सम्पन्न गर्न नसकेको ७५ करोड भन्दा बढी रकमको अनुदान कार्यक्रम चालु आर्थिक वर्षमा कार्यान्वयन गरिएको उनले बताए । यो अवधिमा कुल बजेटको ५५ प्रतिशत वित्तीय प्रगति भएको मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले जानकारी दिए । लकडाउन अवधिमा केही समय मल अभावको समस्या उत्पन्न भएपनि मन्त्रालयसँग समन्वय गरेपछि हाल खाद्यान्न उत्पादनमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement