काठमाण्डौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा पक्राउ गरेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई असार ३० गते उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले अख्तियारलाई शर्मा पक्राउ गर्नुको लिखित जवाफ पेश गर्न  पनि आदेश दिएको छ।

Advertisement

शर्माकी श्रीमती कल्पनाले सर्वोच्च अदालतमा चुडामणी शर्मालाई मुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले सेतोपाटीसँग भने – असार ३० गते बिहान १० बजेर ३० मिनेटमा लिखित जवाफ सहित शर्मालाई पेश गराउन आदेश भएको हो।

यसअघि विशेष अदालतले भ्रष्टाचारका आरोपी शर्मासँग ३ अर्ब २ करोड धरौटी माग गरेको थियो।

राजस्व हिनामिना गरेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिना अघि नियन्त्रणमा लिएको थियो। कर फर्छ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति, एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई नियन्त्रणमा लिएर  अनुसन्धानका लागि अख्तियारकै हिरासतमा राखिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!