Rabin Katel

बिराटनगर । नोबेल शिक्षण अस्पतालमा ६ जना बिरामीलाई मुटुको भल्ब निःशुल्क लगाइएको छ । मोरङ, सुनसरी, झापा र उदयपुरका न्यून आर्थिक अवस्थाका दुई पुरुष र चार महिलालाई मुटुको भल्ब निःशुल्क लगाइएको हो ।

Advertisement

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको पहलमा सिन्धु सर्जिकल कन्सन प्रा.लि.का सञ्चालक यज्ञ भण्डारीले ७ लाख २० हजार मूल्य बराबरको १० वटा भल्व निःशुल्क उपलब्ध गराएका थिए । भण्डारीमार्फत प्राप्त भएको भल्ब न्यून आर्थिक अवस्थाका ६ जनालाई निःशुल्क लगाइएको नोबेल अस्पतालका निर्देशक एवं मुटु विभाग प्रमुख डा.राजेश नेपालले जानकारी दिए । उनका अनुसार गरिब बिपन्न परिवारका थप चार जना विरामीलाई पनि निःशुल्क भल्ब लगाइनेछ ।

भल्ब निःशुल्क प्रदान गर्ने भण्डारी ।

यता, भल्व निःशुल्क प्रदान गर्ने सिन्धु सर्जिकल कन्सन प्रा.लि.का सञ्चालक भण्डारीले गरिब बिपन्न विरामीको उपचारमा साथ दिने उद्धेश्यले सहयोग गरेको प्रतिक्रिया दिएका छन् ।

पहिलो चरणमा झापाको बुद्धशान्तिका उत्तम प्रकाश भट्टराई, सुनसरीको इनरुवाका रामकुमार भुजेल, मोरङको बुद्धनगरका मदनकुमारी राजवंशी, सुन्दरहरैंचाका विशाखा दास, बुढिगंगाका मिना ठाकुर र उदयपुरको गाइघाटका विमला खत्री कटुवालको मुटुको भल्ब फेरिएको हो । प्रतिव्यक्ति करिब ७२ हजार मूल्य पर्ने मुटुको भल्ब उनीहरुलाई निःशुल्क लगाइएको नोबेल अस्पतालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement