काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागि हुँन भारत जाने भएका छन् । अर्को साता भारत जाँने तयारी भएपनि भ्रमणको औपचारिक मिति भने तय भइसकेको छैन ।
भ्रमणका क्रममा नेपाल–भारतवीच विवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा छलफल हुँने वताइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा ऐतिहासिक तथ्यका आधारमा भारतसँग सीमा विवाद समाधानका लागि छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
सीमा विवादका कारण पछिल्लो समय नेपाल–भारतवीच सम्बन्ध चिसिएको छ । तर, सम्वन्ध सुधार गर्न भारत अग्रसर हुँदै आएको छ ।