संगालोखबर सम्वाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर पनि गरेका हुन् ।

Advertisement

संसद विघटनपछि प्रधानमन्त्रीविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले आफ्नो समूहका नेतालाई मन्त्रीको जिम्मेवारी दिएका हुन् । थपिएका ८ मध्ये ५ जना मन्त्री प्रचण्डलाई छाडेर ओली समूहमा आएका छन् । ओली समूहमा आएका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले मन्त्री बनाएका छन् ।

रायमाझीले उर्जा, थापाले खानेपानी, साहले सहरी विकास, चौधरीले श्रम र लामाले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, प्रेमबहादुर आले वन, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन र जुलीकुमारी महतो महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भएका छन् । यता, विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्री बनाइएको छ । नव नियुक्त मन्त्रीहरुलाई शुक्रबार राती पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ ।

मन्त्रीपरिषद् विस्तारसँगै केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरिएको छ । प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएपछि कृष्णगोपाल श्रेष्ठ शिक्षामा पुगेका छन् । यस्तै, गणेश ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएपछि हृदयेश त्रिपाठी स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाइएको छ । जुलीकुमारी महतोले महिला, बालबालिका लिँदा लीला श्रेष्ठले कानून मन्त्रालयको जिम्मेवारी पाएकी छन् । कानूनमा रहेकी डा. शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था र त्यहाँ रहेकी पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसैवीच, प्रधानमन्त्री ओलीले युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई जिम्मेवारीबाट हराएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!