रबिन कटेल

धनकुटा । संखुवासभाको सभापोखरी गाउँपालिकाको टिमले सहिद प्रकाश थापा प्रथम स्मृति कप गाउँपालिका तथा नगरपालिका स्तरिय भलिवल प्रतियोगिताको उपाधि जितेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–१ घंगरुमा सञ्चालित प्रतियोगिताको बिहीबार भएको फाईनल खेलमा साँगुरीगढी गाउँपालिकाको डाँडाबजार टिमलाई हराउँदै संखुवासभाले उपाधि जितेको हो ।

Advertisement

डाँडाबजारलाई २५–२२, २५–१५, १९–२५, २५–२७ र १५–५ ले हराउँदै संखुवासभाले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै संखुवासभाले ४० हजार नगद पुरस्कार पाएको छ भने उपविजेता डाँडाबजारले २० हजारमा चित्त बुझाएको छ । प्रतियोगिताको बेष्ट डिफेन्स आमचोक गाउँपालिकाका दिनेश राई घोषित भए । त्यस्तै, डाँडाबजारका रोशन विक बेस्ट सरभर, सभापोखरीका प्रदिप कट्टेल बेष्ट स्पाईकर र डाँडाबजारका रविन गौतम सर्वोत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगिताका निर्णायक विनय राईले जानकारी दिए ।

स्थानीय जनउत्थान सामुदायीक क्लवले प्रतियोगिता आयोजना गरेको हो । तीन दिनसम्म सञ्चालित प्रतियोगितामा धनकुटा, भोजपुर, संखुवासभा, सुनसरी र मोरङका १२ टिमले उपाधिका लागि प्रतिष्प्रर्धा गरेका थिए । बिजयी टिम तथा खेलाडीहरुलाई नेपाली काँग्रेशका सहमहामन्त्री एवं पूर्व मन्त्री सुनिलबहादुर थापा, काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, क्लबका अध्यक्ष अर्जुन थापा, वडाध्यक्ष अशोक थुलुङ्ग लगायतले पुरस्कार प्रदान गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement