काठमाडौँ। खिचापोखरीस्थित मेट्रो प्लाजामा सवारीसाधनले ठक्कर दिँदा चालक विनोद डङ्गोलको मृत्यु भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ललितपुर इमाडोलका ३० वर्षीय डङ्गोलको आफ्नै बा ७ च २४१३ नं को जिप पार्किङ गरी निस्कने क्रममा सोही गाडी पछाडि गुडेर उनलाई सोमबार अपराह्न ठक्कर दिएको थियो।

डङ्गोलको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!