संगालोखबर सम्बाददाता

काठमाडौँ । बेलायतमा नयाँ स्वरुपमा देखिएको कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि नेपाल सरकारले बेलायतबाट नेपाल आउँनेलाई प्रवेशमा रोक लगाएको छ । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको मंगलबार बसेको बैठकले बेलायतबाट नेपाल आउनेहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

Advertisement

अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाईएको छ । पुस १ गते यता नेपाल आएकाहरुलाई पनि अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बसेर पीसीआर परीक्षण गराएपछि मात्र घर जाँन समितिले आग्रह गरेको छ ।

वैज्ञानिकहरूले बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र रुपमा फैलिएको निष्कर्ष निकालेका छन् । बैज्ञानिकहरुले यस्तो बताएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आइतबारदेखि डिसेम्बर अन्त्यसम्म टियर फोरको नयाँ प्रतिबन्ध लागू गर्ने घोषणासमेत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!