संगालोखबर सम्बाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्षमा चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।

Advertisement

नेकपामा दुई अध्यक्ष हुँने विधान अनरुप नेपाललाई पनि अध्यक्ष बनाईएको हो । यो समूहको निर्णयसँगै अब नेकपाको अध्यक्षमा पुष्पकमल दाहाल र नेपाल दुई अध्यक्ष भएका छन् ।

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपाको अध्यक्षबाट हटाउने निर्णय पनि गरेको छ । यता, ओली समूहले भने यो बैठकलाई अबैधानिक भनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!