काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ ।
पार्टीको हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको हो । श्रेष्ठको ठाउँमा प्रदीप ज्ञवालीलाई प्रवक्ता नियुक्ति गर्ने निर्णय भएको छ ।