संगालोखबर सम्बाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रिय कमिटी बैठकले पार्टीको महाधिवेशन आयोजक कमिटी घोषणा गरेको छ । बालुवाटारमा जारी बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेको हो ।

Advertisement

बैठकमा अहिले कायम रहेको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर महाधिवेशन आयोजक कमिटी घोषणा गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । कमिटीमा बाँकी १९७ जना पछि थप्ने बताईएको छ ।

बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा पनि सहभागी भएका छन् । बैठकमा बोल्दै नेता रायमाझीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकै कारण आफू लामो समयदेखिको सहयात्रा तोड्न बाध्य भएको दावी गरेका छन् ।

भेलामा नेकपा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा भने सहभागी भएका छैनन् । जारी बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई कारबाही गरिने बताईएको छ ।

दाहाल–नेपाल समूहले पनि दिउँसो १ बजे बबरमहलमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने गरी निर्णय गर्ने बताईएको छ । लामो समयदेखि विवादमा अल्झिएको नेकपा संसद विघटनपछि विभाजनको संघारमा पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!