काठमाडौं । संसद् विघटनको बिरोधमा काठमाडौंको माईतीघरमा प्रदर्शन भएको छ । नेकपा सम्बद्ध जनबर्गीय संगठनहरुको नाममा बिरोध प्रदर्शन गरिएको हो । संसद विघटनको बिरोध गर्दै प्रदर्शनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध नाराबाजी गरेका छन् ।
‘संसद् विघटनको असैवैधानिक कदम खारेज गर !’ लेखिएको कालो व्यानर र प्लेकार्डसहित सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्को नारा लगाएका छन् ।
उनीहरुले संसद् विघटनको असंवैधानिक कदम सच्याउँन माग गरेका छन् । मन्त्रिपरिषद्को सिफासिरमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरेपछि बिभिन्न स्थानमा बिरोध प्रदर्शन हुँन थालेको छ ।