भारत। भारत प्रशासित कश्मिरको अनन्तनाग जिल्लामा अमरनाथको यात्रामा निस्किएका तीर्थयात्रीमाथि सोमबार राती स्थानीय समयानुसार ८ः२० मा भएको चरमपन्थी हमलामा सात जनाको मृत्यु भएको छ ।
जम्मू कश्मिरकी मुख्यमन्त्री महबूबा मुफ्तीले यसको पुष्टि गरेकी हुन् ।
प्रशासनका अनुसार मृत्यु हुनेमा पाँच महिला छन् । हमलामा कम्तीमा पनि १९ जना घाइते भएका छन् जसमा केही पुलिसकर्मी पनि रहेको बताइएको छ ।
हमलामा चरमपन्थीहरुको निशाना बनेको बसमा कूल ५६ यात्री सवार थिए जसमध्ये धेरैजना गुजरातका थिए भने केही यात्री महाराष्ट्रका पनि थिए ।
पुलिसका अनुसार हमलाको जिम्मेवारी लश्कर–ए–तैयब्बाले लिएका छन् । हमलाकर्ताको खोजीका लागि पुलिसले विशेष अपरेशन चलाएको बताइएको छ ।