संगालोखबर सम्वाददाता

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न सिफारिस गरेको छ । आईतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ः४५ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । केही समय अघि मात्र डाकिएको बैठक १० बजे सुरु भएको थियो । बैठकले संसद् विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेको बैठकमा सहभागि एक मन्त्रीले बताए ।

यसअघि सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!