Rabin Katel

चारैतिर निराशाको बादल
मडारिएर पनि
आफू निस्पट्ट अध्यारोमा
जिउने शक्ति आर्जन गर्दै
जब अस्तित्वको लागि
अस्तित्व संघर्ष गर्छ
तब,
मनभित्रको हुन्डरी
तुफान बनी
मष्तिस्कमा प्रवेश
गर्दा सामिप्यताको खोल ओडेर
आशाको दियो जलाउनेहरु
पराई बन्दा
झुटो मुस्कानको जाल
बिछ्याउनेहरु
अनि सकुनिको पासा फ्याक्नेहरु
प्रेत बनि नाच्न थाल्दा
व्याख्या गर्ने शब्द छैन
त्यसैले त म निशब्द छु ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement