भरतपुर। भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आज पनि सरेको छ।

न्यायाधीशद्वय ओमकुमार मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा पेसी तोकिएको सो मुद्दाको सुनुवाइ अर्को सोमबारका लागि सारिएको हो।

बहस गर्न पुगेका वकिललाई न्यायाधीश मिश्रले आज आफू बाहिर जानु पर्ने भएकाले नभ्याउने बताएपछि मुद्दाको सुनुवाइ हप्ता दिनलाई सरेको हो।

वैशाख ३१ गते भएको स्थानीय निर्वाचनको मत गणना भइँरहदा भरतपुर महानगरमा जेठ १४ गते राती मतपत्र च्यातिएको थियो।
सो विषयमा अदालतमा परेको मुद्दाको सुनुवाइ पटक पटक सर्दै आएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!