काठमाडौं। भरतपुर महानगरपालिकाको वडानम्बर १९ मा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज सुनुवाई हुँदैछ ।

गत जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले उक्त वडामा पुन मतदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरोधमा सो वडाका वडासदस्यका उम्मेदवार समेत रहेका गुञ्जमान विक र अर्का एक मतदाता समेत रहेका अधिवक्ताले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

Advertisement

मुद्दाको सुनुवाइका लागि गत शुक्रबार नै पेशी तोकिएपनि न्यायाधीशद्वय मिरा खड्का र अनिलकुमार सिन्हाले समयअभावमा हेर्दाहेर्दै भन्दै आजलाई सारेका थिए ।

बैशाख ३१ गते भएको स्थानीय निर्वाचन अन्र्तगत भरतपुर महानगरपालिका वडानम्बर १९ को मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएपछि परेको मुद्दाको सुनुवाई पटक पटक सर्दै आएको छ ।

यसअघि अदालतले वडा नं. १९ मा च्यातिएका ९० थान मतपत्र सर्वोच्च अदालत मगाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!