काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना संक्रमण भएको छ । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको लामिछानेले जानकारी दिएका छन् ।
दुबै जनामा संक्रमण पुष्टि भएको लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।
‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुबैको स्वास्थ सामान्य छ ।’ लामिछानेले फेसबुकमा लेखेका छन् –‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’