रबिन कटेल/संगालोखबर

धनकुटा, २४ असार । धनकुटाका सात वटै स्थानीय तहमा विजय प्राप्त गरेको नेकपा एमालेले आज जिल्ला सदरमुकाममा विजय सभा गर्दैछ । स्थानीय त्रिवेणी स्कुलको प्राङ्गणमा दिउँसो हुने सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आउँदैछन ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली राजधानीबाट आज बिहान बिराटनगर बिमानस्थल हुँदै धनकुटा आउँने कार्यक्रम छ । धनकुटामा एमालेले ऐतिहासिक विजय प्राप्त गरेपछि त्यसको खुशियालिमा हुने सभालाई संवोधन गर्न पार्टी अध्यक्ष ओली धनकुटा आउँन लागेको एमाले धनकुटाका प्रचार बिभाग प्रमुख नैन विश्वकर्माले जानकारी दिए ।

Advertisement

सभालाई एमालेका केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेश संयोजक भीम आचार्य, केन्द्रिय सचिव प्रदिप ज्ञवाली, केन्द्रिय सदस्य एवं प्रचार विभागका उप–प्रमुख सूर्य थापा लगायत नेताहरुले संवोधन गर्ने कार्यक्रम छ ।

सभाका लागि धनकुटाका सातवटै स्थानीय तहबाट एमाले नेता कार्यकर्ताहरु धनकुटा आएका छन । सभा सुरु हुनुअघि धनकुटा बजारमा विजय जुलुश निकालिने एमाले धनकुटाले जनाएको छ । धनकुटाका सातवटा स्थानीय तहका ३ सय १४ पदमध्ये प्रमुख र उप–प्रमुखसहितका २ सय ६० पदमा एमाले विजयी भएको छ ।

एमालेले धनकुटाका ६० वडा मध्ये ४३ वडामा विजय प्राप्त गरेको छ । पाख्रीवास नगरपालिकामा एमालेको प्यानलनै विजयी भएको छ । पाख्रीवासका ५२ वटै पदमा एमाले विजयी भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!