कपिलवस्तु । कपिलवस्तुमा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा सार्वजनिक स्थानमा धुम्रपान गर्ने ४१ जनालाई कारवाही गरिएको छ ।

जिल्लास्तरीय अनुगमन तथा निरीक्षण समितिको अनुगमनमा खटिएको टोलीले कपिलवस्तुको सदरमुकाम तौलिहवा लगाएत पकडी, पिपरा, कृष्णनगर, चन्द्रौटा र गोरुसिङ्गेमा गरी असार २२ गते सम्म जम्मा ४१ जनालाई कारवाही गरेको हो ।

Advertisement

कारवाहीमा परेकाहरूबाट चार हजार एक सय रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यलय कपिवस्तुका प्रहरी नायव उपरीक्षक पह्लाद अधिकारीले जानकारी दिए ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ बमोजिम सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई एक सय रुपैयाँसम्मको जरिवाना गराउने व्यवस्था छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन तथा निरीक्षण समितिले पछिल्लो समय अनुगमनलाई तीब्रता दिए पनि चुनावका कारण केहि समय यता प्रभावित भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!