संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद सानु शिवाको निधन भएको छ। मुटुको समस्या भएकी उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार क्रममा निधन भएको हो। उनी इलामबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्।

कमजोर स्वास्थ्य अवस्था रहेकी शिवाको केहि बर्ष अघिदेखि दुवै मिर्गौलाले काम गर्न छाडेका थिए। उनले भारतमा मिर्गौला प्रत्यारोपण गराएकी थिइन्। पछिल्लो समय उनको मुटुमा भल्भ राखिएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!