सप्तरी। सप्तरीमा केहि दिनयताको वर्षापछि आएको बाढीबाट प्रभावितहरूको अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जर्नादन शर्मा सप्तरी पुगेका छन् ।
बाढी प्रभावित क्षेत्रको अवलोकन र निरीक्षण गर्न प्रधानमन्त्री देउवासहित गृहमन्त्री शर्माको टोली आज बिहान १० बजे सप्तरी आएका हुन् ।
प्रधानमन्त्रीको टोलीले सप्तरीको खाडो खोलाले पुर्याएको क्षती, लोहजारा गाविसस्थित मैनाकडेरी र रघुनाथपुरमा भएको क्षतीको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
वर्षापछि महुली खोला तथा खाडो खोला थुनिदा त्यस क्षेत्रका सयौंको घरमा पानी पसेको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले खाडो खोलामा भत्केको बाँधको अवलोकन र निरीक्षण समेत गर्नेछन् ।