म्याग्दी। कालीगण्डकी नदीमा आएको बाढीले सडक कटान गर्दा बेनी–जामेसोम सडक अबरुद्ध बनेको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि हिमाली जिल्ला मुस्ताङसँग जोडिने बेनी–जोमसोम राष्ट्रिय राजमार्ग अवरुद्ध बनेको हो ।

Advertisement

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने भिरकाटेमा काली गण्डकीले करिब एक सय मिटर सडक कटान गरेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा शुक्रबारदेखि सिधा यातायात सेवा अवरुद्ध भएको हो ।

पहाडको फेदी र नदीको किनारमा रहेको सडक संरक्षणका लागि लगाइएको पक्कि पर्खाल भत्काएर कटान गरेपछि सिधा सवारी सञ्चालन हुन नसकेको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिए ।

पैदलयात्रीहरु समेत भिर, घुमाउँरो र जोखिमयुक्त बाटो प्रयोग गरेर आवतजावत गर्न बाध्य भएका छन् । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल नेतृत्वको टोलीले घटनास्थलको स्थलगत निरिक्षण गरि बस्तुअवस्थाको बारेमा जानकारी लिएको प्रनाउ खड्काले बताए ।

सडक अवरुद्ध हुदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दा, मुस्ताङ जाने आउने पर्यटक तथा तिर्थयात्री समस्यामा परेका छन् ।

उत्तरी म्याग्दीका कृषकले उत्पादन गरेको आलु निकासीका साथै खाद्यान्न, निर्माण सामाग्री ढुवानीमा समस्या उत्पन्न भएको छ । यसैगरी वर्षासँगैको बाढी पहिरोका कारण म्याग्दीका अधिकांश सडकहरु अवरुद्ध बनेका छन् । ग्रामिण बस्तीको सदरमुकामसँग सीधा सम्र्पक बिच्छेद भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!