कपिलवस्तु। वर्षा सुरु भएसँगै तारई मधेसमा सर्पको विगविगि हुन थालेको छ ।

बिषालु सर्पको टोकाईवाट कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा एक बालकको मृत्यु भएको छ । अर्घाखाँचीको सितगंगा नगरपालीका शिद्धारा स्थायी घर भई हाल चन्द्रौटामा वस्दै आएका अन्नत सापकोटाका ८ वर्षीय छोरा शिशिरको सर्पको टोकाइबाट ज्यान गएको हो ।

Advertisement

गएराती १० वजे विस्तारामा सुतिरहेको अवस्थामा बालकलाई सर्पले डसेको हो । सर्पको टोकाईवाट घाईते बालकको सर्पदशं उपचार केन्द्र गोरुसिङगेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!