दाङ। सत्य निरुपण तथा मेलमिलाप आयोग, मुकाम तुलसीपुरले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा परेका निवेदनमा छानबिन शुरू गरेको छ । आयोगका शाखा अधिकृत पूर्णबहादुर केसीले आयोगमा परेका उजुरीमाथि छानबिन शुरू गरेको बताए ।
प्रदेश नं ५ मा १६ हजार उजुरी परेकामा मुकाममा एक हजार पाँचवटा प्राप्त गरेको बताए । घोराहीमा आयोजना गरिएको रोकारवालासँगको छलफल कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
अहिले परेका उजुरी जिल्लाअनुसार छुट्याई सकिएको केसीले बताए । आठवटा फरक फरक विधामा छुट्याइएको छ । अहिले पत्राचार गर्ने, कागजपत्र झिकाउने, सनाखत गर्ने काम शुरू भएको अधिकृत केसीले बताए ।
कार्यालय स्थापना भएको अहिले एक महीना मात्र भएको र कार्यालय व्यवस्थापनसँगै अन्य कामसमेत शुरू गरेको उनको भनाइ छ ।