पोखरा। पोखरा–लेखनाथ महानगरपालिका–८ नागढुङ्गामा बिहीबार एक पुरुष मृतावस्थामा फेला परेका छन् ।
सो ठाउँमा निर्माणाधीन चरक मेमोरियल अस्पतालमा तीन÷चार महिनादेखि ज्यामी काम गर्ने रौतहट घर भएका ४० वर्षीय मोहन मैनाली आफू सुत्ने कोठा अगाडि मृतावस्थामा भेटिएकोे वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।
उनको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको वताइएको छ ।