लहान। सिरहाको लहान नगरपालिका–६ की एक महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा बुधबार साँझ एक युवक पक्राउ परेका छन् ।
करिब ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको भगवानपुर गाउँपालिका–२ निवासी २० वर्षीय अरुण यादव पक्राउ परेका हुन् ।
पीडितको जाहेरीका आधारमा यादवलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।