काठमाडौं।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सदनमा विचारधिन रहेको संविधान संशोधन प्रस्तावफिर्ता लिएर एमालेको सहमतिमा नयाँ संशोधन प्रस्ताव तयार पारे त्यसलाई पारित गर्र्ने बताएका छन् ।

मंगलबार काठमाडौमा भएको साक्षत्कारमा सचिव ज्ञवालीले अहिले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्ने बताउँदै भने, ‘अहिलेको संशोधन प्रस्ताव हामीसँग सल्लाह नगरी ल्याईएको हो, हाम्रो परामर्श बिनै ल्याईएको यो प्रस्ताव कुनै पनि हालतमा हामी पास गर्न सहयोग गर्दैनौं, यदि साँच्चिकै संविधान संशोधन गर्नुपर्ने हो भने राजपासहितका सबै मुलधारका दलहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्छ ।’

संशोधन प्रस्तावमा दुई तिहाई पुर्याउँछौं भनेर कांग्रेस र माओवादी केन्द्रले कसम खाएको उल्लेख गर्दै ज्ञवालीले एमाले संविधान संशोधनको विपक्षमा कहिल्यै नभएको तर संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका नेता दिपक खड्काले यही असार २५ गतेभित्रै मन्त्रिमण्डल विस्तार हुने दाबी गरे । खड्काले भने,‘चुनावका कारण केही ढिलाई भएको हो, अब २५ गतेभित्रै मन्त्रिपरिषद विस्तार हुन्छ ।’

नेता खड्काले तेस्रो चरणको स्थानीय तहको निवार्चन अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने सरकारले तयारी गरेको समेत जानकारी दिए ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता केशब झाले प्रदेश नम्बर २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचन अघि नै आफूहरुको माग पूरा नभए कुनै पनि निर्वाचनमा राजपाले भागनलिने स्पष्ट पारे ।

झाले भने,‘चुनाव अघि हाम्रा मागहरु पूरा भए हामी निर्वाचनमा जान व्यग्र प्रतिक्षामा छौं, निर्वाचन विरोधी हामी होईनौ ।’

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!