संगालोखबर सम्बाददाता


काठमाडौं । ललितपुर जिल्लामा आज कर्फ्यु आदेश जारी भएको छ ।

पुल्चोकमा हिजो निषेधाज्ञा उल्लंघन गरी मछिन्द्रनाथको रथ तान्ने क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

Advertisement

ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू लगाईएको क्षेत्रभित्र भेला तथा जमघट गर्न निषेध गरिएको छ ।

नियम अवज्ञा गर्नेलाई सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने प्रशासनले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!