चितवन।  पहिराले अवरुद्ध मुग्लिन सडक  म‌ङ्गलवार बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको छ ।

Advertisement

नारायणगढ–मुग्लिन सडकखण्डअन्तरगत इच्छाकामना गाउँपालिका– ६ को चार किलो भन्ने स्थानमा खसेको पहिरो पन्छाइएपछि अहिले यातायात सञ्चालनमा आएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

पहिराका कारण रोकिएका सवारी अहिले गन्तव्यतर्फ जान थालेको इलाका प्रहरी कार्यालय मुग्लिनले बताएको छ । बिहान ९ बजे खसेको पहिरो हटाएर यातायात सञ्चालन गरिएको हो ।

 उक्त सडकमा चितवन हुँदै काठमाडौं र पोखरा जाने आउने सवारी बढी हिँड्छन् । यहाँ दैनिक १० हजार बढी सवारी गुड्ने गर्छन् । असार महीना महिना लागेपछि यहाँ हरेक दिनजसो पहिरो खसेर यात्रु सास्तीमा पर्दैआएका छन् ।

दुई दिनअघि यहाँको कालीखोलामा खसेको पहिराका कारण ३४ घन्टासम्म सवारी चापमा परेको थियो ।

पहिरामा परेर असार महीनामा मात्रै दुई प्रहरीसहित तीन जनाले ज्यान गुमाएका छन् भने एक प्रहरी अझै बेपत्ता छन् । यसअघि गत चैतमा उक्त सडकको घुमाउनेमा पहिरो जाँदा दुई जनाको च्यापिएर मृत्यु भएको थियो ।

चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त मुग्लिन सडक जाेखीममा रहेकाले चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!