
उदयपुर । उदयपुरगढी गाउँपालिका–७ ठुलो टिकेनीबाट ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले बुधबार करीव ८० के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका १ का २९ वर्षीय पुण्यबहादुर मगर र उदयपुरगढी–३ का ४३ वर्षीय रामकुमार गोले छन् । उदयपुरबाट सिराहतर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ गण उदयपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट चार बोरा तयारी गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई बरामद गाँजासहित आवश्यक कारवाहीका लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।















