संगालोखबर सम्बाददाता


झापा । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा बुधबार साँझ सशस्त्र प्रहरीले हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ । स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरी गोली चलाउँदा कामाटोलीका ३८ वर्षीय रमिकुल आलमको मृत्यु भएको हो ।

गाउँमा गोरु काटेको खबर पाएपछि सो स्थानमा प्रहरी टोली गएको थियो । त्यहाबाट प्रहरीले काटिएको अवस्थामा गोरुको टाउको र खुट्टा बरामद गर्यो । सो क्रममा आक्रोसित स्थानीयबासीले प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले थप सुरक्षाबल मगाएको थियो । त्यसपश्चात पुगेको सशस्त्र प्रहरीमाथि पनि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले गोली चलाउँदा आलमलाई लागेको हो ।

Advertisement

गोली लागेर गंभीर घाईते भएका उनलाई उपचारका लागि विर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा साँझ करिव सवा ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले हानेको गोली लागेर आलमको मृत्यु भएपछि स्थानीयबासीले सो स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण सो स्थानमा तनाब बढेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!