सन्तोष रुचाल/संगालोखबर

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाले आजबाट एक साताका लागि पालिका क्षेत्र भित्र सवारी प्रवेशमा रोक लगाएको छ । अन्य क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलदै गएपछि जोखिम न्यूनिकरणका लागि गाउँपालिकाले सवारी साधन प्रवेशमा रोक लगाएको हो ।

Advertisement

कोरोना संकट व्यवस्थापन समिति (सिसीएमसी) को बैठकले चौबिसे गाउँपालिकामा आज दिउँसो १२ बजेदेखि भदौ १६ गते दिउँसो १२ बजेसम्मका लागि एम्बुलेन्स, शववाहन र सरकारी सवारी साधन बाहेक सम्पूर्ण सवारीलाई गाउँपालिका प्रवेशमा रोक लगाउँने निर्णय भएको गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए । ‘एकहप्तासम्म गाउँपालिका भित्र कुनै प्रकारका सवारी साधनहरु प्रवेश गर्न पाउने छैनन्’–गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

कोरोना संक्रमण फैलिएका जिल्लाबाट खाद्यान्न लगायत सामग्रीहरु ढुवानी गर्ने सवारी साधनहरु गाउँपालिकाको अनुमति विना नै गाउँपालिका क्षेत्रमा प्रवेश गर्ने गरेका छन् । जसका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने देखिएकाले गाउँपालिका क्षेत्र भित्र भीडभाड कम गरी संक्रमणको जोखिम न्यूनिकरण गर्न सवारी साधन प्रवेश निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बताए ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यसअघि जिल्ला प्रशासन कार्यालयले धनकुटा जिल्लाभर नै भदौ ११ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!