संगालोखबर सम्बाददाता

बिराटनगर । प्रदेश १ का सात जिल्लामा बिगत २४ घण्टाको अवधिमा १०२ कोरोना संक्रमित थपिएका छन् । झापा, मोरङ, सुनसरी, खोटाङ, उदयपुर, तेह्रथुम र पाँचथरमा संक्रमित थपिएका हुन् ।

Advertisement

जसमध्ये सबैभन्दा बढी मोरङका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको बिराटनगरमा मात्रै १३ महिला र ३० पुरुष गरी एकैदिन ४३ कोरोना संक्रमित थपिएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकामा १ जना र बुढिगंगाका ४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।

त्यस्तै सुनसरीको ईटहरीका ५ महिला र ९ पुरुष गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ । इनरुवाका ४ जना, बर्जुका ३ जना, दुहबीका २ जना र धरानका १ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तैगरी तेह्रथुमको म्याङलुङ नगरपालिकाका ४ महिला र ४ पुरुष तथा पाँचथरको फिदिम नगरपालिकाका ४ पुरुषमा कोरोना भाईरसको संक्रमण पत्ता लागेको छ । यता, खोटाङ र उदयपुरका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार योसँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या २ हजार ८ सय ८३ पुगेको छ भने १ हजार ४ सय ५ जना निको भएका छन् । हालसम्म प्रदेश १ का १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!