
सुनसरी । धरानमा १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आज एक जना पक्राउ परेका छन् । बालिकालाई फकाएर होटल पुर्याई बलात्कार गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका–४ घर भई रामधुनी–५ झुम्का बस्दै आएका ४६ बर्षीय मोहमद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
घटना साउन २६ गते दिउँसो करिब साँढे २ बजेको हो । मोरङ घर भएकी ती बालिकालाई फकाएर आलमले धरान–१८ स्थित कान्तिपुर होटलमा लगि बलात्कार गरेको आरोप छ । आफ्नी छोरीलाई ललाईफकाई होटलमा लगेर बलात्कार गरेको भन्दै घटना भएको १३ दिनपछि हिजो बालिकाकी आमाले ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएकी थिईन् ।
उजुरी पश्चात इलाका प्रहरी कार्यालय पकलीसँग समन्वय गरी आलमलाई पक्राउ गरिएको ईप्रका धरानले जनाएको छ । पक्राउ परेका आलम बिरुद्ध आज जिल्ला अदालत सुनसरीमा जबरजस्ती करणी मुद्धा दर्ता गरी प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको हो ।















