गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाका १७ औं कोरोना संक्रमित पनि निको भएर शुक्रबार अस्पतालबाट घर फर्किएका छन् । मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा उपचाररत धनकुटा–२ का ३२ बर्षीय पुरुष निको भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् ।

Advertisement

कुबेतबाट आएर औद्योगिक ग्रामस्थित क्वारेनटाईनमा बसेका उनको स्वाब संकलन गरी परीक्षण गर्दा साउन २६ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि गोठगाउँ लगिएको हो । उपचारका क्रममा परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएकाले उनी अस्पतालबाट डिस्चार्ज भई घर फर्किएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जानकारी दिए । संक्रमण पुष्टि भएको १० दिन भित्र उनले कोरोनालाई जितेका हुन् ।

योसँगै धनकुटामा कोरोना संक्रमण भई निको हुनेको संख्या १७ पुगेको छ । जिल्लामा हालसम्म १८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये बिहिबार कोरोना संक्रमण पुष्टि भएका सहिदभूमीका स्वास्थ्यकर्मीको बिराटनगरस्थित कोभिड–१९ अस्पतालमा उपचार भईरहेको छ । बाँकी सबै संक्रमित निको भएर घर र कार्यक्षेत्र फर्किएका हुन् ।

सहिदभूमीका संक्रमितको सम्पर्कमा पुगेका ४८ सहित धनकुटाका १३४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न धरान पठाईएको छ । उनीहरुको रिपोर्ट आउँन बाँकी छ । धनकुटामा हालसम्म १ हजार ४ सय २ जनाको पीसीआर परीक्षण भईसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!