
काठमाडौं । देशभर आज ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । जसमध्ये १८ हजार २ सय १४ जना निको भएका छन् ।















