
काठमाडौं । कोरोना संक्रमणका कारण आज ६ जनाको मृत्यु भएको छ । काठमाण्डौं र बर्दियाका एक/एक पुरुष तथा मोरङ, सुनसरी, भक्तपुर र चितवनका एक/एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिईएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
यसैवीच आज ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ भने १७ हजार ७ सय जना निको भएका छन् ।
https://www.facebook.com/SangaloKhabarOnline/videos/2610688619180512/















