
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ७२ हजार ७८ परीक्षार्थीको परीक्षाफल सोमबारसाँझ सार्वजनिक गरेको हो ।
गत चैत ६ गते तोकिएको एसईई कोरोना भाईसरको संक्रमण फैलनसक्ने जोखिमका कारण स्थगित गरिएको थियो ।
त्यसपछि कोरोना संक्रमण झन–झन फैलदै गएर तत्काल परीक्षा गर्नसक्ने अवस्था नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।















