संगालोखबर सम्बाददाता

काठमाडौं । प्रदेश राजधानीहरुमा रहेका हुलाक कार्यालयबाटै पत्रकारहरुको प्रेस पास नबिकरण हुने भएको छ । प्रदेश राजधानीहरुमा रहेका हुलाक निर्देशनालय तथा जिल्ला हुलाक कार्यालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरण हुने भएको हो ।

Advertisement

सूचना तथा प्रशारण बिभागबाट नबिकरण हुदै आएको प्रेस प्रतिनिधि प्रमाणपत्र कोरोना संक्रमणले सृजना भएको असहज अवस्थाका कारण प्रदेशबाटै नविकरण गर्ने व्यवस्था मिलाईएको सूचना तथा प्रशारण बिभागले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार ११ गतेको मन्त्रीस्तरीय निर्णयले प्रदेश राजधानीका हुलाक निर्देशनालय तथा जिल्ला हुलाक कार्यालयलाई प्रेस पास नविकरणको अधिकार प्रत्यायोजन गरेको हो ।

सूचना तथा प्रशारण बिभागले सोमबार सूचना जारी गरेर प्रदेशमा क्रियासिल पत्रकारहरुलाई सम्बन्धित प्रदेश राजधानीस्थित हुलाक निर्देशनालय तथा जिल्ला हुलाक कार्यालयबाट प्रमाणपत्र नविकरण गर्न आग्रहसमेत गरेको छ ।

देशभरका पत्रकारहरु प्रेस प्रतिनिधि प्रमाणपत्र लिन तथा नविकरण गर्न काठमाडौंस्थित सूचना तथा प्रशारण बिभाग पुग्ने गरेका थिए । तर, अब प्रदेशहरुबाटै नविकरण हुने भएपछि पत्रकारहरुलाई सहज भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!