
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा आज बिहान पहिरो जाँदा ३८ जना बेपत्ता भएका छन् । ८ जना गंभीर घाईते भएका छन् ।
बिहान करिब ६ बजे गएको पहिरोले ३७ घर पुरेको छ । क्षतिको विरण आउँने क्रम जारी छ । घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयबासीले उद्धारको काम गरिरहेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटा पनि घटनास्थल पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरमा सापकोटा लिदी गएका हुन् ।















