लहान । करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिकामा गए राति एक महिलाको मृत्यु भएको छ । भुइँमा खसेको बिजुलीको तारबाट अचानक करेन्ट लागेर सिरहाको धनगढीमाई नगरपालिका–१२ निवासी ४० वर्षीया लाटी भन्ने लाटी पुलामी मगरको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी मगरलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको बेला उहाँको घटनास्थलमा नै मृत्यु भएको इलाका विष्णुपुरकट्टीले जनाएको छ ।