काठमाडौं । ललितपुर केन्द्रबिन्दु भएर आज अपरान्ह भूकम्प गएको छ । ललितपुरको बङ्गामुखीलाई केन्द्रबिन्दु बनाएर अपरान्ह ४ः३० बजे ३.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
ललितपुर, काठमाडौं भक्तपुर लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो । यसअघि गएराती पनि थापाथलीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।